दमौली, २६ माघ :
सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम सूचना माग गर्दै जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ मा एउटा मात्र निवेदन दर्ता भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा चालू वर्षमा सूचनाको हक प्रयोग गरी एउटा मात्र निवेदन दर्ता भएको समन्वय समितिका सूचना अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिकामा गत आर्थिक वर्षमा सूचनाको हक प्रयोग गरी पाँच सूचना माग गरिएकामा यस वर्ष भने एउटा पनि निवेदन दर्ता नभएको सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो । (रासस)