भरतपुर महानगर प्रमुखकाे माग : काेराेना परिक्षण ल्याब चाहियाे

चितवन समाचार डटकम, १६ चैत ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा काेराेना परिक्षण ल्याब स्थापना गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ ।
अाफुले केन्द्रमा पटकपटक ताकेता गरेपनि सुनुवाइ नभएकोमा प्रमुख दाहालले असन्तुष्टि व्यक्त गर्नुभयाे ।
चितवन समाचारडटकम संग कुराकानी गर्दै प्रमुख दाहालले यहाँ धेरै जिल्लाका जनता स्वास्थ्य परिक्षणका लागि अाउने गरेकाले यसकुरालाई मध्यनजर गरि ल्याब स्थापना गर्न अाफुले पटकपटक ताकेता गरेकाे बताउनु भयाे ।
“चितवनमा उपचार केन्द्र , चिकित्सक जनशक्ति उपत्यका बाहिर यहाँ उलेख्य छ, धेरै जिल्लावाट सर्वसाधारण अाउनुहुन्छ भरतपुरमा ल्याव खाेल्ने कुरामा ढिलाइ गर्नुहुदैन ।”-प्रमुख दाहालले भन्नुभयाे ।
ल्यावकाे अभावमा चितवनमा अत्यन्त कठिनाई भैरहेकाे उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट