सूचना अधिकारीको नाम र नम्बर राखिने 

दमौली, २६ माघ :

जिल्लास्थित सबै सरकारी कार्यालयका सूचना अधिकारीको नाम र नम्बर कार्यालय परिसरमा प्रष्ट देखिने गरी राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलपछि सूचना अधिकारीले आ–आफ्नो कार्यालय परिसरमा फोटोसहितको नाम र नम्बर राख्ने प्रतिबद्धता जनाएका हुन् ।

जनतालाई सहजरूपमा सूचनामा पहुँच पु¥याउन नाम र नम्बर देखिने ठाउँमा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

सरकारी कार्यालयमा माग गरिने सूचना र दिइएको सूचनाको छुट्टै लगत राखी सूचना अधिकारीबाट प्रमाणित गरी त्यसको विवरण राख्ने र सूचनाको पहुँच पु¥याउन आधुनिक प्रविधिको प्रयोग गरिनेमा पनि सूचना अधिकारीले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । (रासस)

शेयर गरौ

ताजा अपडेट