माक्स विनानै उपचारमा खटिन्छन् चिकित्सक

चितवन समाचार डटकम,
१६ चैत । कोरोना संक्रमणको जोखिमका बिच भरतपुर अस्पतालका चिकित्सकहरुले माक्स विनानै सेवा दिइरहेका छन् ।
उपचार गर्न आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पतालबाट माक्स पाएका छैनन् । माक्सको अभावमा सुरक्षाको सामान्य व्यवस्थापनि नभएको भन्दै गुनासो गरेका छन् । सरकारले लागु गरेको लकडाउनपछि भरतपुर अस्पतालमा ज्वरोका विरामी बाहेक अन्य विरामीलाई ओपीडीबाट सेवा दिएका छैन । तर अस्पतालमा भने सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आउने गरेका छन् ।
ती सबैलाई अस्पतालले मास्क वितरण गर्न सकेको छैन । अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सुनिल साहले भन्नु भयो ‘यस्तो संक्रमणको जोखिम छ माक्स माग्यो अस्पतालले दिदैन त्यतीकै सेवा गर्दै आएका छौ ।’ बाहिर पसलमा खरिद गर्न पाइदैन अस्पतालले दिदैन यस्तो अवस्थामा काम गर्नु पर्दाको पीडा अलगै छ उहाले भन्नु भयो ।
उहाँ मात्र होइन अस्पतालमा उपचार गराउन आउने अन्य चिकित्सकको अवस्था पनि उस्तै छ । अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोखरेलले भन्नु भयो ‘संक्रमण रोगबाट बच्नको लागि एन ९० माक्स आवश्यक पर्दछ, तर यहाँ सामान्य माक्स समेत अस्पतालले दिएको छैन कहाँ उच्च कोटीको पाउनु ।’
भरतपुर अस्पतालमा नवलपरासी, गोरखा, तनहु, रुपन्देही, मकवानपुर, वारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाबाट उपचार गर्न आउने गरेका छन् । कोरोना रोगको संक्रमण हुने डरले यहाँका चिकित्सकहरु त्रसित बनेका छन् । समान्य ज्वरो आएर उपचार गराउन आउदा समेत डराउने अवस्था रहेको छ । रोगको संक्रमण हुने डरले कुनैपनि व्यक्तिको नजिक पर्दैनन् । यस्तो वेलामा अस्पतालले सबैभन्दा पहिला चिकित्सकलाई सुरक्षित पाउनु पर्ने अस्पतालका सुचना अधिकारी लिलाधर पौडेल बताउनु हुन्छ ।
उपचारका खटिने चिकित्सकलाई व्यक्तिगत सुरक्षा साधन, माक्स, स्यानिटाइजरलगायतको व्यवस्था हुनु पर्दछ । चिकित्सक बाँचेमा मात्र उपचार सम्भव हुन्छ उहाले भन्नु भयो सुरक्षित माक्स वितरण गर्न सकिएको छैन ।
अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्नु भयो ‘ज्वरोका विरामीलाई हेर्ने चिकित्सकलाई हामीले माक्स दिएका छौ, आपतकालित अवस्थामा चाहिन्छ भनेर राखेका छौ ।’ उहाले भन्नु भयो रोग आइसकेको अवस्था छैन आइसोलेसनमा खटिनु भएकाहरुले माक्स लगाउनु भएको छ, आपश्यक परे पीपीइ पनि वितरण गर्ने छौ । प्रयाप्त मात्रामा सामग्री हामीसंग छैन संघीय सरकारले पठाउनु पर्नेमा प्रदेशमा पठाएको जानकारी आएको छ छिट्टै आउछ भन्ने जानकारी पाएका छौ उहाले भन्नु भयो ।

भरतपुर अस्पताललाई पीपीइ सहयोग
भरतपुर अस्पतालमा उपचाररत चिकित्सकलाई व्यत्तिगत सुरक्षा सामग्रीको अभाव भएको जानकारी पाएपछि सामाजिक सस्थाले पीपीइ सहयोग गर्न थालेका छन् ।
आइतबार मात्रै दुइ सस्थाले पीपीइ सहयोग गरेको छ । चितवनः रोटरी क्लब अफ रत्ननगरलेसहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) का कारण चिकित्सकलाई उपचारमा सहज होस भनेर क्लबले ५० थान पीपीई र एक सय ५० थान ग्लोब्स उपलव्ध गराएको हो ।
क्लबका अध्यक्ष बिपिन पोखरेलले आइतबार अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री ग्र्रहण गर्दै तिवारीले चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिएर गरिएको सहयोग प्रति खुसी व्यक्त गर्नु भयो । आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै यसले चिकित्सक स्वास्थ्य कर्मीहरुलाई काममा सहयोग पुग्ने बताउनुभयो । भरतपुर अस्पतालमा चिकित्सक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा प्रयोग गर्ने सुरक्षिक पोशाकहरु नहुँदा सास्या परिरहेका बेला रोटरीले सहयोग गरेको हो । क्लबले रु दुइ लाख ५० हजार बराबरको सामग्री काठमाडौंमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो ।
त्यस्तै गरी युवा व्यवसायी मञ्च र स्थानीय सामाजिक व्यक्ति सुदिपसिंह अधिकारीले एकसय ५० थान पीपीइ सहयोग गर्नु भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यत्तिगत सुरक्षा सामग्रीको अभाव भएको जानकारी पाएपछि उहाहरुले आइतबार इमरजेन्सीमा हस्तान्तरण गर्नु भएको हो । अस्पतालमा हाल यस्ता अत्याबश्यक सामग्रीहरुको अभाब रहेको छ ।

शेयर गरौ

ताजा अपडेट