चितवन समाचार डटकम, १४ चैत ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बस्तु तथा सेवाकाे उत्पादन र विक्रि बितरण नराेक्न सुचना जारी गरेको छ ।
अाैषधि,खाद्यान्न,दूध, ग्यास, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक बस्तु तथा सेवाकाे उत्पादन वा बिक्री बितरण नराेक्न सुचना जारी गरेकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी गरिएको सुचनामा यस प्रकृतिका उद्योग तथा व्यबसाय नियमित सञ्चालन गर्न र नियमित काममा जान मजदुर तथा कर्मचारीहरुलाई अाग्रह समेत गरिएको छ ।
उत्पादन तथा विक्रि बितरणमा अबराेध गर्ने संस्था वा ब्यक्तिलाई हदैसम्मकाे कानुनी कारवाही हुने समेत सुचनामा उल्लेख छ ।



