भरतपुर काेराेना अस्पतालमा १४ जना भर्ना

चितवन समाचार डट कम ,

१४ चैत । भरतपुर काेराेना विशेष अस्पतालमा परिक्षण तथा उपचारका लागि आज  दिउसाे थप दुई जना गरि १४ जना भर्ना भएका छन् । स्वाव परिक्षणका लागि काठमाडौं पठाईएकाे ११ जनाकाे रिपोर्ट आउन  बांकि रहेकाे अस्पतालका प्रवक्ता डाक्टर भाेजराज अधिकारीले जानकारी दिनुभयाे ।”

हिजाे ११ जनाकाे पठाएको हाे, आज  थप दुईजना आउनु भएको छ  उहाँहरुकाे स्वाव आजै  पठाईन्छ”-डाक्टर अधिकारीले भन्नुभयाे । अस्पतालले आजै  बिहान सम्म १३ जनालाई डिस्चार्ज गरेकाे जनाएको छ । अहिले सम्म

आएका  सबै रिपोर्ट हरु काेराेना नेगेटिभ देखिएका छन् । हाल सम्म अस्पताल बाट १ सय ३१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट