चितवन १४ चैत । भरतपुर काेराेना विशेष अस्पतालले सार्वजनिक अपिल जारी गर्दै आइसोलेसन र क्वारेन्टाइनका बिषयमा प्रष्ट्याएकाे छ ।
१४ दिन भित्र नेपाल प्रवेश गरेर वा यात्राकाे विवरण नभएतापनि काेभिड संकास्पद तथा प्रमाणित व्यक्ति सङ्ग सम्पर्क भएको र ज्वराे रुघाखोकी र स्वासप्रस्वास समस्या भएमा तुरुन्त आइसोलेसनमा बस्नुपर्ने अस्पतालले जनाएको छ । प्रवक्ता डाक्टर भाेजराज अधिकारीका अनुसार यस्ता ब्यक्तिहरुकाे घाँटी र नाकबाट स्वाव लिई परिक्षणका लागि पठाईन्छ ।
रिपोर्ट नआउदासम्म उनीहरू आइसोलेसनमा रहन्छन । रिपोर्ट नेगेटिभ आएमा काेराेनाका सन्दर्भमा साबधानि अपनाउने गरि उनिहरुलाई घर फर्काईने डाक्टर अधिकारीले जानकारी दिनुभयाे । त्यसैगरी राेगका लक्षण नदेखिएको तर काेभिड सङ्क्रमित संग संगै हुन पुगेको भारत वा अन्यमुलुकबाट आएका ब्यक्तिलाई क्वारेन्टाइनमा राखिने अस्पतालले जानकारी गराएकाे छ । यस्तो क्वारेन्टाइन घरमै वा ताेकिएका स्थानमा हुने छ । क्वारेन्टाइन स्थल मापदण्ड अनुरुपकाे हुनुपर्ने डाक्टर अधिकारीले बताउनुभयो । यसको अबधि १४ दिनकाे हुनेछ ।



