स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, १४ चैत । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ ।

बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य तीन जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहींको अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ ।

ताजा अपडेट