चितवन १३ चैत । वागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले लकडाउनबाट मजदुर वर्गमा पर्न गएको समस्या समाधानका लागि स्थानीय सरकारको चासो जानु पर्नेमा जोड दिनु भएको छ ।
खनालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी दैनिक ज्यालादारी, दैनिक काम गरेर खानु पर्ने वर्गहरुलाई समस्या परेकाले स्थानीय सरकारले व्यवस्थापन गर्नको लागि उहाले माग गर्नु भएको छ ।
दैनिक खानाको व्यवस्थापनको लागि स्थानिय निकायहरुलाई दैनिक ज्याला मजदुरहरुको लागत निकाली व्यवस्थापन गर्न भनिएको छ । त्यस्तै अन्य जनताको हकमा खाद्यान्न तथा आवश्यक सरसमान वडाको निश्चित स्थानमा हप्तामा एक पटक वितरण गर्ने व्यवस्थापन गर्न समेत अनुरोध गर्नु भएको छ । आफ्नो स्रोत साधनलाई भरपूर्ण उपयोग गर्न अनुरोध गर्नु भएको छ ।
त्यस्तै गरी उहाले विश्वमा फैलिएको कोरोना भाइरसबाट लड्ने एउटै उपाय घरमा नै बसेर सरकारले तोकेको दिनसम्म गुजार्नू पर्ने भएको भन्दै सबैलाई अनुरोध गर्नु भएको छ । नेकपा केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज समेत रहनु भएका नेता खनालले रोगसंगको लडाइमा सबैले घरमा नै बसेर साथ दिन अनुरोध गर्नु भएको छ ।


