लायन्सकाे प्रशंसनिय काम: काेराेना अस्पताललाई सहयाेग

चितवन समाचार डटकम,

१३ चैत । चितवन जिल्लामा रहेका लायन्स क्लबहरुले भरतपुर काेराना अस्पताललाई स्वास्थ्यकर्मीका लागि उपयाेग हुने दुई लाख पचास हजार रुपैयाँ बराबरको सुरक्षा सामाग्री सहयाेग गरेका छन् । लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बि टु एरिया ३ का चितवनका क्लवहरुले अाज अस्पताललाई सहयाेग सामाग्री हस्तान्तरण गरे । क्लवका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट ले अस्पतालका प्रवक्ता डाक्टर भाेजराज अधिकारीलाई २५ थान पिपिई,५० लिटर स्प्रिट र केही थान स्प्रे हस्तान्तरण गर्नुभएको क्लवका सिअाे चिफ एडभाईजर नबराज सापकोटाले जानकारी दिनुभयो । यी सामाग्री ले करिब ५० जना स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने सापकोटाले जानकारी दिनुभयाे । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल पनि उपस्थित हुनुहुन्थ्याे ।

शेयर गरौ

ताजा अपडेट