चितवन १२ चैत । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको पहलमा प्राकृतिक चिकित्सालय रजहरमा चार सय शैयाको आइसोलेशनको स्थापना गरिएको छ ।
छिमेकी नगरपालिकामा रहेको चिकित्सालयमा धेरै शैयाको आइसोलेशन आज स्थापना गरेको प्रमुख पौडेलले बताउनु भयो । कोरोना रोगको संक्रमणबाट बच्नको लागि व्यबस्था गरिएको उहाको भनाइ छ ।
चिकित्सक बिनाको आइसोलेशन वाडको अर्थ नरहने भएकाले रजहरमा स्थापना भएको अस्पतालमा चिकित्सक को राम्रो व्यबस्था रहेको जानकारी दिनु भयो । आइसोलेशन स्थापना पछि कुनै बिरामी भएमा त्यहा राखेर उपचार गर्न सहज हुने भएको छ ।


