मृतक सन्ताेष यादव सहित चितवनवाट पठाईएका सबै स्वाव काेराेना नेगेटिभ

चितवन ११ चैत । कोरोना भाइरसको आशंकामा चितवनमा उपचारत सवै जनामा कोरोना नभएको पुष्टि भएको छ ।

भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका १० जना विरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।

कोरोनाको आशंकामा भरतपुर अस्पतालले आईतबार र सोमबार गरी ८ जना र कोरोना विशेष अस्पतालले दुई जनाको स्वाब परिक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकुमा नमुना पठाएको थियो । मंगलबार विहान मृत्यु भएका ३० बर्षिय युवक पनि कोरोनाका कारण मृत्यु नभएको कोरोना अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनु भयो ।

बीरगञ्ज महानगरपालिका २२ का जगन्नाथपुरका ३० बर्षिय सन्तोष यादव लुपस रोगका बिरामी भएको अस्पतालले जानकारी दिएको थियो  ।

यादवको  रिपोर्ट मंगलबार पठाईएको थियो । मंगलबार पनि चितवनबाट कोरोनाको आशंकामा चार जनाको स्वाब परिक्षणका लागि काठमाण्डौ पठाईएको छ कोरोना नियन्त्रण कार्यदल चितवनका प्रवक्ता डाक्टर  अधिकारीले जानकारी दिनु भयो  ।

अन्य रोगको कारण यादवको मृत्यु भए पनि कोरोनाको कारण मृत्यु भएको भन्दै अफबाह फैलाइएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट