कोरोना अस्पालतमा निधन भएका यादव लुपसरोगका बिरामी ( आधिकारीक बिज्ञप्ती सहित)

चितवन समाचार डटकम, ११ चैत ।
भरतपुर स्थित कोरोना बिशेष अस्पतालमा निधन भएका बीरगञ्ज महानगरपालिका २२ का जगन्नाथपुरका ३० बर्षिय सन्तोष यादव लुपस रोगका बिरामी भएका खुलेको छ ।
अस्पतालले आज दिउसो जारी गरेको बिज्ञप्तीमा यादवलाई लुपस रोगले मृगौला कमजोर बनाएर ज्यान गएको जनाइएको छ । उनलाई ज्वरो र निमोनिया समेत देखिएपछि चैत ९ गते राती १० बजे चितवन मेडिकल कलेबाट रिफर गरी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीका अनुसार यादवलाई आज बिहान ९ः३० बजे मृत घोषित गरिएको थियो ।
उनको स्वावको नमुना सोमवार परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । स्वावको रिपोर्ट आउन वाँकी रहेको छ । मृत शरिरलाई अहिले आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
तपाइँको प्रतिक्रिया