नेकपाका नेताले गरे भरतपुर अस्पतालमा सेनिटाइजर सहयोग

 

चितवन १० चैत । नेकपा चितवनका नेताहरुले भरतपुर अस्पतालमा सेनिटाइजर सहयोग गरेका छ्न ।

डेकार कस्मेटिक प्रालिको सहयोगमा नेकपाका नेता कृष्ण भक्त पोखरेल, कृष्ण खनाल, खोमकान्त रेग्मीलगायतले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीलाई बितरण गरेका हुन । कोरोना रोगको संक्रमण बाट रोक्न को लागि सेनिटाइजर सहयोग गरेको उधोगका प्रोपाइटर दुर्गा गौतमले जानकारी दिनु भयो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र बारम्बार हात धुन स्वास्थ्यकर्मीले दिएको सल्लाह व्यबहारमा लागू गर्नु पर्ने नेकपा नेता खोमकान्त रेग्मीले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट