भरतपुर कोरोना अस्पताललाई थप व्यवस्थित पारिदै

चितवन, १० चैत । भरतपुरमा निर्माण भएको कोरोना विशेष अस्पताललाई अझ व्यवस्थित पार्ने गरी तयारी भएको छ ।
आज भरतपुरमा भएको जिल्ला स्थिति सरोकारवालको बैठकले आवश्यक सतर्कता अपनाउदै अस्पताललाई व्यवस्थित पार्ने तयारी भएको हो । अस्पतालाई चाहिले आवश्यक सामग्री छिटो उपलब्ध गराएर उपचारको लागि आउने विरामीलाई कुनै कमी हुन नदिने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
वैठकमा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जनताको स्वास्थ्य उपचारको लागि उचित व्यवस्था मिलाउन सुझाव दिनु भयो । उपचारको लागि आवश्यक पर्ने कुनै सामग्री तथा केन्द्र सरकारसंगको पहल कदमीमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कोरोना संक्रमण रोक्नको लागि राज्यको सहयोग कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने जानकारी दिनु भयो । अस्पताल निर्माणमा पहल गर्नु हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित यसमा सम्लग्न व्यक्तिहरुको उच्च मुल्याङकलन गर्नु भयो ।


वैठकमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमण रोकथामको लागि स्थानीय सरकारको तर्फबाट पहल भइराखेको बताउनु भयो ।अस्पतालमा आवश्यक सामग्री जुटने क्रम जारी राखेकाले अब छिट्टै नै आइसियु सेवा सुरु हुने बताउनु भयो । कोरोना विशेष अस्पतालमा सोमबार साँझबाटै आइसियु सेवा सञ्चालन गर्ने गरी तयारी अगाडि वढेको कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनु भयो ।
बैठकमा जिल्लाका सुरक्षा अधिकारीहरु, डा कृष्ण पौडेल, होटल व्यवसायी दिनेश चुके , उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट