अन्तराष्ट्रिय उडान र लामो दुरीका यातायात ९ गतेबाट १८ गते सम्म बन्द

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ
आज (शुक्रबार ) साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री सम्बोधनका क्रममा सवारी चलाउनमा आवश्यकता अनुसार व्यबस्था गरिएको र सबै अन्तराष्ट्रिय उडान चैत्र ९ गतेबाट १८ गते सम्म बन्द गरिनुका साथै लामो दूरीका सवारी साधनमा रोक लगाइएको बताउनुभयो ।
यस संक्रमले सिंगो अर्थतन्त्रलाई यसले प्रभाव पार्न सक्ने भएकाले यसलाई अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरी रहेको र उपयुक्त कार्यक्रम ल्याएने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट