ड्राइभिङ लाइसेन्सको परीक्षा स्थगित ,नविकरण भने हुने

काठमाडौं ७ चैत,। सरकारले सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।

अब वर्ग थप गर्ने काम पनि रोकिने छ भने नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।

शेयर गरौ

ताजा अपडेट