चितवन समाचार डटकम,
६ चैत । भारतमा रहेका नेपालीहरु अहिलेसम्म कोरोना रोगबाट सुरक्षित रहेको पाइएको छ ।
भारतमा कोरोनाबाट एकसय ७० जना संक्रमित भइसकेका छन् । ती मध्य अहिलेसम्म कुनैपनि नेपालीलाई संक्रमण नभएको प्रवासी नेपाली संघ भारतका महासचिव डम्वर रावलले जानकारी दिनु भयो ।
कुनै नेपालीलाई संक्रमण नभएपनि त्रासमा दैनिकी गुजारीराखेको मुम्वइबाट महासचिव रावलले चितवन समाचार डटकमलाई आज जानकारी दिनु भयो । उहाका अनुसार मुम्वइमा अहिले ठुला सपिङ सेन्टर, सिनेमा हल, सिनेमाद सुटिङ, धेरै सख्यामा मानिस हिडडुल गर्न निधेष गरिएको छ । मुम्वइमा सञ्चालन हुदै आएको लोकल रेल समेत बन्द गर्ने तयारी रहेको रावलले जानकारी दिनु भयो ।
त्रास बढेपछि मुम्वइमा वस्दै आएका नेपालीहरु घर फर्किने क्रम वृद्धि भएको उहाले बताउनु भयो । घर फर्किदै गर्दा नेपाली सिमा क्षेत्रमा सुरक्षाकर्मीबाट दुःख दिने गरेको समेत उहाले जानकारी दिनु भयो । मुम्वइ दिल्लीमा रहेका नेपालीहरुलाई आफू जुन स्थानमा वस्दै आउनु भएको छ त्यही सुरक्षित हुने भन्दै सन्देश दिने काम भइराखेको जानकारी दिनु भयो ।
नेपालमा भन्दा भारतमा उपचारको जेक जाँचको व्यवस्था राम्रो भएकाले त्यही बस्ने नेपालीको सख्यापनि रहेको उहाले बताउनु भयो । मुम्वइमा रहदै आएका नेपालीहरु एक आपसमा भेटघाट र जमघट पनि अहिले बन्द गरेको महासचिव रावलले जानकारी दिनु भयो ।


