विश्व विद्यालयका सबै परीक्षाहरू रोक्ने निर्णय

काठमाडौँ, ५ चैत : सरकारले विश्व विद्यालयका सबै परीक्षाहरू रोक्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन् ।

भोलिबाट हुने एसइई परीक्षा पनि रोक्ने यस अघि नै नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो । सचिवालयको बैठकले सबै परीक्षा रोक्ने सुझाएपछि बिश्वा विद्यालयको परीक्षा पनि रोक्ने निर्णय भएको हो । यसअघि विश्वविद्यालयको परीक्षा सम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

शेयर गरौ

ताजा अपडेट