कोरोना संक्रमणको सर्तकता अपनाउन बढ्यो थर्ममिटरको प्रयोग

चितवन समाचार डटकम
४ चैत । कोरोना संक्रमणको सतर्कता अपनाउन मानिसको जमघट हुने स्थानमा ज्वरो मापन थर्ममिटरको प्रयोग बढेको छ ।
मानिसको चहलपहल धेरै हुने स्थानमा नछोइकन मापन गर्ने थर्मल स्क्यानर थर्ममिटरको प्रयोग भएको हो । चितवनको स्कुल अफ हेल्थ साइन्स भरतपुरमा विद्यार्थी, शिक्षक, कर्मचारीलगायत शैक्षिक सस्थामा प्रवेश गर्ने सबैमा थर्ममिटरले नापेर मात्र प्रवेश गर्न दिएको छ । स्कुल अफ हेल्थ साइन्स भरतपुरका शिक्षालय प्रमुख रमनकुमार मेहताले भन्नु भयो ‘सावधानी अपनाउनको लागि थर्ममिटरको प्रयोग गरेका छौ, उच्च ज्वरो आएका व्यक्तिलाई अस्पतालमा पठाउने छौ ।’
तराइदेखि हिमाली क्षेत्रका विद्यार्थी अध्ययन गर्ने शिक्षालयमा विभिन्न सातवटा शंकायमा स्वास्थ्य संग सम्वन्धीत विषयहरु अध्ययन हुने गरेको छ । धेरै स्थानबाट विद्यार्थी आउने भएकाले ज्वरो मापन गर्ने थर्ममिटर राख्नु परेको उहाले जानकारी दिनु भयो । अहिलेसम्म उच्च ज्वरोका विरामी देखिएको छैन उहाले भन्नु भयो ‘सतर्कता अपनाउनको लागि थर्ममिटर प्रयोग गरेका छौ ।’ यस शिक्षालयमा एक हजारको सख्यामा विद्यार्थीले अध्ययन गर्दै आएका छन् । फागु पूर्णिमाको विदापछि अहिले विद्यार्थी अध्ययन गर्दै आएका छन् । यही शिक्षालयमा प्राविधिक विषयको केन्द्र राखेर अहिले परीक्षा सञ्चालन भइराखेको छ ।
शिक्षालयसंगै भरतपुर विमान स्थलमा पनि थर्ममिटरको प्रयोग गर्न थालिएको छ । भरतपुर महानगरपालिकाले विमान स्थलमा राखेको हेल्थ डेस्कमा यात्रुहरुलाई थर्ममिटरको प्रयोग गरिदै आएको छ । यो बाहेक यहाँबाट काठमाण्डौ र पोखरा उडान भर्दै आएका निजि विमान कम्पनीले पनि आफ्नो जहाजमा यात्रा गर्न आउने यात्रुको थर्मटरबाट जाँच गराएर मात्र चड्न दिने गरेको छ । वुद्ध एयर भरतपुरका स्टेशन प्रमुख भक्तवहादुर वस्नेतले भन्नु भयो ‘उच्च ज्वरो आएका यात्रुलाई जहाज चड्न दिएका छैनौ, ज्वरो मापन गरेर मात्र यात्रा गर्न दिएका छौ ।’ १० दिन अगाडिबाट थर्ममिटरको प्रयोग गर्न थालेको बुद्ध एयरले सामान्य अवस्थाका व्यक्तिले मात्र यात्रा गरेको जानकारी दिएको छ । भरतपुर विमान स्थल भएर आठसय देखि एक हजारसम्मले दैनिक यात्रा गर्दै आएका छन् ।
यति डिष्टिलरी प्रालि नारायणगढमा पनि थर्ममिटरको प्रयोग गरेर मात्र उद्योगमा प्रवेश गर्न दिन थालिएको छ । कर्मचारी र कामदार गरी करिब तीनसय जनाको चहलपहल हुने यहाँ स्यानिटाइजर र ज्वरो मापन थर्ममिटरको प्रयोग गरेर मात्र काम गर्न दिन थालिएको छ । उद्योगमा आउनेलाइ अनिवार्य सरसफाइ गरेर मात्र प्रवेशको अनुमती दिएको व्यवस्थापक निर्मल श्रेष्ठले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा थर्ममिटरको प्रयोग बढेको जानकारी दिनु भयो । जिल्लाको हेल्थ पोष्ट, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, शिक्षण सस्था, उद्योग, मानिसको भिड हुने स्थानहरुमा अहिले थर्ममिटरको प्रयोव वढेको बताउनु भयो । कोरोना रोगको संक्रमणको प्रभावले गर्दा आफूले गर्न सक्ने सामान्य सुरक्षाको बाटो अपनाएको उहाको भनाइ छ । उच्च ज्वरो आएका व्यक्तिको पहिचान हुने भएकाले त्यस्ता व्यक्तिलाई अस्पतालमा जान सल्लाह मिल्ने उहाले बताउनु भयो ।

 

शेयर गरौ

ताजा अपडेट