जनगणनामा आइप्याडबाट तथ्याङक संकलन गरिने

"भरतपुर सहित देशका छ वटा महानगरपालिकामा डाटा लिन आइप्याडको प्रयोग"

चितवन समाचार डटकम,
३ चैत । आउदो जनगणनामा भरतपुर महानगरपालिका भित्र आइप्याडको माध्यमबाट तथ्याङक संकलन गरिने भएको छ ।
केन्द्रीय तथ्याङक कार्यालयले नेपालका छ वटा महानगरपालिकामा आइप्याड (ट्यावलेट) को माध्यमबाट तथ्याङक संकलन गर्ने तयारी गरेको हो । ती मध्य भरतपुर महानगरपालिको २९ वटै वडामा प्रविधिको प्रयोग गर्दै ट्यावलेटको प्रयोग गर्न लागेको तथ्याङक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिनु भयो ।
भरतपुर, वीरगञ्ज, विराटनगर, पोखरा, ललितपुर र काठमाण्डौ महानगरपालिका, त्यस्तै धेरै जनघनत्व भएका उपमहानगरपालिका र सहरहरुमा आइप्याडको प्रयोग गर्न लागिएको छ । परम्परागत विधि कागजमा विवरण भरिदै आएकोमा यस पटक महानगरपालिकामा ट्यावलेटको प्रयोग गर्न लागेको हो ।
अन्य पालिकामा कागजी माध्यमबाटै विवरण संकलने गरिने छ महानगरमा मात्रै ट्यावलेटको प्रयोग हुन्छ । विदेशमा प्रविधिका नयाँ उपकरणहरु प्रयोग भएका छन्, हामी भने कागजबाट माथि उठेर विवरण संकलन गर्न लागेका हौ उहाले भन्नु भयो । यसबाट विवरण संकलन गर्दा गल्ती नहुने, तथ्याङक छिटो जानकारी पाउन सकिने, डाटा संकलन गर्न कठिनाइ नहुने जस्ता सहज कार्य हुने उहाले भन्नु भयो ।
जनगणना तयारीको लागि तथ्याङक कार्यालयले चितवन, नवलपरासी पूर्व र पश्चिममा नक्साङकन कार्य सम्पन्न गरिसकेको छ । जनगणनाको लागि उपयुक्त हुने गणना क्षेत्र समेत तोकेको छ । चितवनमा सात वटा पालिकाहरु रहेका छन् । चितवन र नवलपरासीमा जनगणनाको लागि पायक पर्नेगरी स्थानीय सम्पर्क कार्यालय पनि तोकेको छ । भरतपुर महानगरपालिकामा तीन वटा, कालिका नगरपालिका, माडी र राप्ती नगरपालिकामा गरी छ वटा कार्यालय स्थापन गर्ने भएको छ ।
त्यस्तै गरी नवलपरासीको कावासोती, गैडाकोट, मध्यविन्दु, रामग्राम, सुनवाल र वर्दघाट गरी छ वटा कार्यालय स्थापना गर्ने निश्चित भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनु भयो । अब हुने जनगणनामा शिक्षकहरुलाई नखटाइ १२ कक्षा पास गरेका विद्यार्थीलाई गणकको रुपमा खटाइने तयारी भएको छ । यस अगाडि दुइ चरणमा हुने जनगणना अहिले एकै पटक तथ्याङक संकलन गरिने उहाले बताउनु भयो । हरेक १० वर्षमा हुने जनगणना आउदो २०७८ को जेठ महिनाबाट हुदैछ ।

शेयर गरौ

ताजा अपडेट