कोरोनाको त्रास देखाएर कालोबजारी गरे कडा कार्बाही गर्ने प्रशासनको चेतावनी

चितवन, २ चैत । कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कडा कार्बाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी धमिलो पानीमा माछा मार्ने प्रवृति देखिए त्यस्ता व्यापारीलाई कडा कार्वाही गर्ने जनाएको हो ।
सूचनामा भनिएको छ, चितवनका केही व्यापारीले कोरोनाको त्रासमा कालोबजारी गर्न थालेको सूचना प्राप्त भएको छ । दैनिक उपभोग्य सामान लुकाउने, बढी मूल्य लिने वा स्टक राख्ने गरेको भेटिएमा कडा कारबाही गर्ने छौं ।’ प्रशासन कार्यालयले बजारमा हुने गैरकानुनी कार्य नियन्त्रणमा सहयोग पु¥याउन उद्योग वाणिज्य संघलगायतका संघसंस्थामा अनुरोध पनि गरेको छ । सूचनामा जिल्लाका सरकारी कार्यालयहरुले घोषित र अघोषितरुपमा बजार अनुगमन गरिरहेकोले कानुन विपरितका कार्य कसैले गरेमा कडा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट