स्पेनका प्रधानमन्त्री पत्नी मारियालाई काेराेना भाइरसको संक्रमण

काठमाडौं, २ चैत :
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । प्रधानमन्त्री पेद्रो सान्चेज पत्नीलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ भेटिएपछि उपचार सुरु भएको छ ।
भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएको छ । स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो।

शेयर गरौ

ताजा अपडेट