पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाकाे सम्बन्ध बिच्छेद

बिगत केहि समय देखि सम्बन्ध बिच्छेदको चर्चा भईरहेको पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाले अन्नत सम्बन्ध टुंग्याएकाछन् । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएको सामजजीक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

विवाह गरेको १७ वर्षपछि पनि आफुले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ परेको भन्दै त्यसलाई निरन्तरता दिनुको कुनै आधार नभएको उनले फेसबुक पोस्टमा लेखेकी छन्। साथै उनले पोस्टमा क्रियाकलापलाई नाई भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद समेत भनेकी छन्।

उषा खड्गी र जिपी तिमल्सिनाको एक छोरी र एक छोरा रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट