काेराेना सतर्कता : भरतपुरमा भाेलिबाट मन्टेश्वरी र ६ गतेदेखि सबै विद्यालय बन्द

चितवन समाचार डटकम,
३० फागुन । कोरोना संक्रमण आउन नदिनको लागि भरतपुर महानगरपालिकाले चैत्र १ गतेदेखि मन्टेश्वरीको पढाइ बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिका भित्र १ देखि ९ कक्षा कक्षासम्मको लागि भने चैत्र ६ गतेदेखि अर्को सूचना नभएसम्मको लागि वन्द गर्ने तयारी रहेको छ । महानगरपालिका प्रमुख रेनु दाहाले भन्नु भयो रोगको संक्रमणबाट बच्नको लागि शनिबार चैत्र १ गतेदेखिनै मन्टेश्वरी शिशु कक्षाका विद्यालय र ६ गतेदेखि नौसम्मका लागि विदा गर्ने छौ ।
महानगरमा बसेको बैठकले कोरोनाको संक्रमणबाट बच्नका लागि महानगरभित्रका नीजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सबै विद्यालयमा अहिले परीक्षा संचालन भइरहेको छ । पाँच गते नै परीक्षा सकिए लगतै विद्यालयहरु बन्द गर्ने तयारी भएको हो ।
विद्यालय कहिलेदेखि संचालन गर्ने भन्ने विषयमा अवस्था हेरेर निर्णय गरिने महानगरप प्रमुख दाहालले जानकारी दिनु भयो । यस्तै महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट