चितवन काँग्रेसले भन्यो ःसर्वदलीय सहमती कार्यान्वयन गर

चितवन, २ माघ । नेपाली काँग्रेस चितवनले चौविसकोठी र नगर वनमा गणतन्त्र स्तम्भ राख्ने सर्वदलीय सहमती कार्यान्वयन गर्न माग गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनको बुधबार बसेको नियमित बैठकले सो दुइ ठाउमा सर्वदलिय सहमति अनुसार स्तम्भ कार्यान्वयन गर्न माग गरेको हो । काँग्रेस चितवनका सचिब उत्तम जोशी द्वारा जारी बिज्ञप्तिमा भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको बी.पी शान्ति नगरवान र चौबिसकोठीमा गणतन्त्र स्तम्भ गर्ने सर्बदलिय सहमति भएकोमा कुनै अमुक व्याक्तिको शालिक निर्माण गर्ने संञ्चार माध्यम सुनिन आएको भन्दै सो घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सुनिन आएका दुबै कार्य सर्वदलिय सहमति विना अघि नवढ्न पनि काग्रेस चितवनले माग गरेको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको सचिब जोशीले जानकारी दिए । यस्तै बैठकले पार्टीलाई चलायमान वनाउनका लागि सबै तह संग समन्वय गर्नका लागि सचिब जोशीको संयोजकत्वमा पाँच सदसिय समिति गठन गरेको छ । त्यसैगरि भातृ संगठनहरु संग समन्वय गर्न सचिब राजिव न्यौपाने र सुभेच्छुक संस्थाहरु संग समन्वय गर्न सह सचिब सूर्य अर्याललाई जिम्मेवारी दिएको छ ।
वैठकले माघ १६ गते शहिद दिवको अवसरमा नेपाली काँग्रेस खैरहनी नगरपालिकाको आयोजना र जिल्लाको सहकार्यमा प्रशिक्षण कार्यक्रम गर्ने र पूर्व उपसभापति रघुनाथ अधिकारीको निधन प्रती दुःख व्यक्त गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट