काठमाडौँ, ३० फागुन : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले कोरोना भाइरस समुद्री खानाबाट फैलिएको नभई अमेरिकी सेनाले भित्र्याएको आरोप लगाएका छन् ।
शुक्रवार सामाजिक सञ्जाल ट्रवीटरमार्फत ट्विट गर्दै लिचियानले हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस अमेरिकी सेनाले भित्र्याएको आरोप लगाएको हो । कोरोना भाइरसलाई रासायनिक प्रयोगशालामा जैविक हतियारको रूपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरूले बताएका छन् ।
लिचियानले गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वल्र्ड गेम्स अमेरिकी सेनाले पनि भाग लिएको थियो । सोही समयमा अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस फैलाएको दाबी गरेको छ । क्यानडेली कन्सपाइरेशन वेबसाइटले पनि कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएका उल्लेख गरेको छ ।
उक्त वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । लिचियानले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको ट्वीटमा उल्लेख गरेको छ । लिचियानलेको यस्तो ट्विटपछि अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको र पारदर्शिता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।
अहिले कोरोना सङ्क्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको सङ्ख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।


