भरतपुरमा काेराेना राेकथाम समिति गठन

चितवन फागुन ३०।
भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।

महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ ।

शेयर गरौ

ताजा अपडेट