पत्रकार वीरेन्द्र साह हत्याका आरोपी कुन्दन फौजदार पक्राउ

बारा २५ फागुन । पत्रकार वीरेन्द्र साह हत्याका आरोपी कुन्दन फौजदारलाई शनिबार राति २ बजे प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ ।

१२ वर्षदेखि फरार रहेका बारागढी गाउँपालिका- ६ गडहल निवासी फौजदारलाई पक्राउ गर्ने बेलामा प्रहरीले ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनु भयो ।

एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो । हत्यारामध्येका दुई जना फरार छन् ।

फौजदारसम्ब‍न्धी मुद्दा मुलतवीमा रहेकोले उनलाई अदालतमा बुझाइने एसपी पंगेनीले बताउनु भयो  ।

शेयर गरौ

ताजा अपडेट