भरतपुरमा क्यान मेला शुरु, प्रविधिको उपयोग हरेक क्षेत्रमा आवश्यक

चितवन २५ माघ ।

शुक्रबारदेखि भरतपुरमा प्रभू पे चौथो क्यान इन्फोटेक मेला शुरु भएको छ ।  चितवन एक्सपो सेन्टरमा आयोजना भएको चितवनको समृद्धि सूचना र प्रविधि मेलाको एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाले प्रविधिको प्रयोगले मात्रै कृषिमा क्रान्ति सम्भव रहेको बताउनु भयो ।

अब प्रविधिको प्रयोग गरी सामूहिक खेती गर्ने प्रणालीको विकास गरिनु पर्ने बताउनुभयो । मन्त्री लामाले कृषि प्रदान देश नेपाललाई प्रविधिमार्फत अधुनिकिकरण गरी कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । प्रविधिको प्रयोग अब कृषि क्षेत्रमा आवश्यकता रहेको औल्याउनु भयो ।

कम्प्युटर एशोसिएशन नेपाल महासघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले प्रविधिको ज्ञान लिई यसको प्रयोग गरेर फाईदा लिनुपर्ने बताए । प्रविधिको जति प्रयोग गर्न जान्यो त्यतीनै फाईदा पुग्ने उहाको भनाइ छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासले मात्र देशमा समृद्धि आउने र यस क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य रहने बताउनु भयो ।


चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले उद्योगी तथा व्यवसायीले प्रविधिको उचित प्रयोग गर्न सके व्यापार घाटा कम भएर जाने उल्लेख गर्नु भयो । अक्सफोर्ड कलेज गैंडकोटका प्रचार्य हरि भण्डारीले प्रविधिको प्रयोग विना राष्ट्रको समृद्धि कल्पना गर्न नसकिने बताउनु भयो । हरेक कुरामा स्मार्टपन ल्याउन प्रविधि अनिवार्य उहाको भनाई छ । डिजिटल कृषि प्रणालीको विकास गरी कृषि क्षेत्रमा चमत्कार गर्नु पर्ने उहाको जोड थियो ।

माघ २९ गतेसम्म चल्ने मेलाले युवा पुस्तालाई धेरै आकर्शित पार्ने आयोजकले जनाएको छ । मेलाको पूर्व सन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम,आइडिया हन्ट लगाएतका कार्यक्रमहरु भईसकेको क्यान चितवनका उपाध्यक्ष विष्णु लामिछानेले जानकारी दिनु भयो । नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आइडिया हन्ट कार्यक्रम पनि आयोजना भएको बताईएको छ ।

मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० वटा स्टल रहेको मेला मूल समितिका संयोजक एवं सघका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट