कारागार विद्ययकमा बन्दीलाई प्रजनन् अधिकारको व्यवस्था गरिनु पर्ने : सभापति पोखरेल

चितवन २० फागुन । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले अब बन्ने कारागार सम्वन्धी विद्ययकमा बन्दीलाई प्रजनन् अधिकारको व्यवस्था गर्नु पर्ने माग राख्नु भएको छ ।
आज बसेको प्रतिनिधि सभाकोको वैठकमा समय लिएर बोल्र्दै उहाले कैदी बन्दीलाई प्रजननको अधिकार दिने विषयमा छलफल भइराखेकाले अधिकार सुनिश्चित गर्नु पर्नेमा जोड दिनु भयो । उहाले बन्दीलाई विवाहको अधिकार दिने विषय पनि महत्वपूर्ण भएको बताउनु भयो ।
चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले अब बन्ने कानुनमा कारागारलाई सुधारगृह बनाइ असल नागरिक बनाउन खोजिएको छ । कुनै अपराधबाट कारागारमा सजाय भोगिरहेका व्यक्तिलाई असल नागरिक बन्ने वातावरण निर्माण तरिकाले कानुन बन्न लागेको छ । सोही विषयमा संसदमा छलफल भएको हो ।

शेयर गरौ

ताजा अपडेट