नेपाली वर्णशंकर जात हर्दिनाथ एचएच १० को धान रोपाइ चैतमा

शालिग्राम नेपाल,
चितवन २० फागुन । चितवनमा यस वर्ष विभिन्न १० वटा नयाँ जातको धान रोप्ने तयारी भएको छ ।
चैते धानबाट नै ती नयाँ जातका धान रोप्ने तयारी भएको हो । दुइ वटा जातको धान परीक्षण गरेर जनताको पहुचमा पु¥याइ सकेको छ भने अन्य आठ वटा जातको धान परीक्षण स्वरुप लगाउन लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले भन्नु भयो ‘परीक्षण भएर सिफारिस भएका दुइवटा र परीक्षणको लागि अन्य गरी १० वटा जातको धान लगाउने तयारी भएको छ ।’
नयाँ जातको धानमा हर्दिनाथ एचएच १० र चैते पाँच देशभरी लगाउने तयारी भएको छ । राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम धनुषाका प्रमुख डाक्टर रामवरण यादवले भन्नु भयो ‘नेपालले पहिलो पटक निकालेको यो हर्दिनाथ एचएच १० चैते मसिनो जातको धान हो ।’ चैत र वर्षाको समयमा समेत लगाउन सकिने यो जातको धानको उत्पादन राम्रो छ । उहाले भन्नु भयो चितवन र पश्चिम नेपालमा यसको परीक्षण उत्पादन भइसकेको छ ।
उहाँका अनुसार हर्दिनाथ एचएच १० को उत्पादन क्षमता प्रति हेक्टर ७५ क्वीन्टल उत्पादन हुन्छ । हल्का बास्नादार भएकाले किसानले मन पराउने उहाले बताउनु भयो । चैतमा रोपेको धानले राम्रो बजार नपाउने, मोटो भनेर मन नपराउने, विक्री हुन समस्या हुने जस्ता जटिलता अब हट्दै जाने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले बताउनु भयो ।
डाक्टर यादवका अनुसार नेपालले पहिलो पटक निकालेको यो वर्णशंकर जातको धानले सफल परीक्षण भइसकेको छ । नेपालको भूमिमा उत्पादन दिन सक्ने क्षमता यसले राख्दछ । वर्षा र हिउदमा समेत रोपेर उत्पादन लिने सक्ने विश्वास लिएका छौ । चितवनमा चैते धान धेरै लगाउने भएकाले यस वर्ष हामीले धेरै आशा राखेका छौ उहाले भन्नु भयो ।
हर्दिनाथ एचएच १० धानको परीक्षण उत्पादन गर्नु भएका राष्ट्रिय विउबिजन समितिका केन्द्रीय सदस्य मित्रराज दवाडीले भन्नु भयो ‘अन्य हाइव्रिड जातको जस्तै यसले उत्पादन दिन सक्ने देखिएको छ, हामीले विउ उत्पादन गरेका छौ अहिले राम्रो देखिएको छ ।’ उहाले चितवनका दिव्यनगरमा गएको वर्ष यो जातको धान उत्पादन गर्नु भएको थियो । यस वर्ष जनताको पहुचमा पुग्ने गरी विऊ उतपदन गर्नु भएको हो । सिमित रहेको विऊ बिक्री भइराखेको दवाडीले जानकारी दिनु भयो ।
पूर्वी चितवन, पश्चिम चितवनको माडी लगायतको स्थानमा चैते धान लगाउने गरिएको छ । पाँच हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा लगाउने चैते धान यसपालीदेखि मेसिनबाट रोप्ने तयारी गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले जानकारी दिएको छ । वर्षे धानमा गत असारमा सामान्य मेसिनले धान रोपेकोमा अहिले वृहत तरिकाले मेसिनबाटै धान रोप्ने तयारी रहेकोप्र्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनु भयो । परियोजना अन्र्तगत चितवनमा धान जोन रहेको छ । चैते धान बिक्री नहुने, मोटो धान उत्पादन हुने भन्ने आरोपलाई यस वर्षदेखि चैते मसिनो जातको दुइवटा वर्णशंकर धान लगाउने भएकाले उपभोक्ताले खरिद गर्ने उहाँले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट