बलात्कार आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण : पुर्पक्षका लागि कारागार चलान

मोरङ २० फागुन  । अनुयायीलाई करणी आरोपमा मुद्दा लागेका कृष्णदास गिरी सिद्धबाबालाई पुर्पक्षका लागि सुनसरी कारागार चलान गरिएको छ ।

उनले आज १२ बजे सुनसरी जिल्ला अदालत इनरुवा समक्ष आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गर्न उनी केही अनुयायीसँगै अदालत पुगेका थिए ।

उच्च अदालत विराटनगरले सिद्धबाबालाई पुर्पक्षमा राख्न फगुन ९ गते आदेश दिएको थियो । पन्ध्र दिनको म्याद नगुज्रँदै सिद्धबाबा अदालत पुगेका हुन् । उनलाई पुर्पक्षका लागि सुनसरीको झुम्का कारागार पठाइएको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

उच्च अदालतले फैसला नसुनाई सिद्धबाबा भारततर्फ फरार भएका थिए । जिल्ला अदालत, सुनसरीले सिद्धबाबालाई उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न मंसिर १६ गते आदेश दिएको थिो । त्यसको विरुद्धमा सरकारी वकिल कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा कैफियत निवेदन दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट