प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा पुजा आरधना

सप्तरी, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपन कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले शुक्रबारदेखि धार्मिक अनुष्ठान कार्यक्रम शुरु गरेको छ ।

सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुईदिने अखण्ड दीप प्रज्ज्वलन, भजन कीर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठलगायतको धार्मिक कार्यक्रम शुरु गरिएको हो ।
आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनुभएका प्रधानमन्त्री ओलीको नेतृत्व नेपाललाई अझैं आवश्यक रहेको कुरालाई दृष्टिगत गरी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

पिठाधिश ठाकुरको नेतृत्वमा शुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहभागिता रहेको छ । नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रत्यारोपित मृगौलालाई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीको नयाँ मृगौला प्रत्यारोपन गर्ने तयारी गरिएको हो ।

गोरखापत्र दैनिकबाट

शेयर गरौ

ताजा अपडेट