देउवाको संसदमा प्रश्न : बास्कोटाले हामीलाई कति आउँछ भनेको के हो ?

काठमाडौ १८ फागुन । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानविन नहुनुले सरकारको दुषित रहेको देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै देउवाले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’

उक्त अडियोको छानबिन हुनुपर्ने देउवाले माग गरे । घुस प्रकरणमा मुछिएका सरकारका बहालवाला मन्त्रीविरुद्ध छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए । देउवाले प्रश्न गरे, ‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’

नयाँ पत्रीकाबाट

शेयर गरौ

ताजा अपडेट