पूर्व मन्त्री बाँस्कोटाले हाले मिश्र विरुद्ध मानहानीको मुद्दा

काठमाडौं, १६ फागुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा न्याय माग्दै आज (शुक्रबार) काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका हुन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा उनले एजेण्टसँग कमिसन मागेको अडियो बाहिरिएको थियो । सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस एजेण्ट भनिएका विजयप्रकाश मिश्रसँगको कुराकानीको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको हो ।
बाँस्कोटाले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत विजय मिश्रविरूद्ध जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’

शेयर गरौ

ताजा अपडेट