काम गर्दागर्दै सरकारको बिरोध गरियो : प्रधानमन्त्री

काठमाडौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको बागमती प्रदेश संगठन कमिटीले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीब्र आर्थिक विकास गर्ने दशवटा देश मध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको बताए ।

‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीब्र गतिमा भइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘संसारका तीब्र आर्थिक बृद्धि गर्ने दशवटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ । तर, यहाँ आफ्नै भित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रबृत्ति बढेको छ ।’

प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताए । तेह्रथुमको आफ्नो जन्मगाउँमा करिव ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ् सेवा सुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगबश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुश्प्रचार गरिएको उनको भनाई थियो । ‘पुस्तौंदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरु भएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन’ प्रधानमन्त्री ओलीले थपे ‘आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगबश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुइँचालो नै ल्यायो।

शेयर गरौ

ताजा अपडेट