भुकम्प सुरक्षा दिवस ः जोखिम न्यूनिकरणका लागी जनचेतनामूलक कार्यक्रम

भरतपुर २ माघ ,
एक्काइसौँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा चितवनको कुरिनटारमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । शशस्त्र प्रहरी बल नेपाल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन र इच्छाकामना गाँउपालिको संयुक्त आयोजनामा विपत जोखिम न्यूनिकरणका लागी जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विपत हुनु अघि, विपतका बेला र विपत भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानी बारेमा जानकारी प्रदान गरिएको थियो । सर्पदंश, भुकम्प, आगलागी, सवारी दुर्घटना लगाएतका विपतका बेला अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारका बारेमा नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै शशस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख किशोर प्रधानले प्राकृतिक विपती कुनै सन्देश दिएर नआउने भन्दै जुनसुकै बेला हुनसक्छ दैवीप्रकोपलाई निराकरण गर्न नसकेपनि न्यूनीकरण गर्न सकिने बताउनुभयो । विपत भैसकेपछि हतास हुनुभन्दा विपत ब्यवस्थापनमा लागे अकालमा ज्यान जानबाट बच्न सकिने उहाँको भनाई छ । शशस्त्र प्रहरी जस्तोसुकै विपतमा परेका नागरिकको उद्धारका लागी तयार रहेको प्रधानले बताउनुभयो । कार्यक्रममा बोल्दै इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले गाँउपालिकामा शशस्त्र प्रहरीको विपत ब्यवस्थापन तालिम शिक्षालय हुनु गौरबको बिषय भएको बताउनुभयो । “विपत ब्यवस्थापन सम्बन्धी पूर्वअभ्यास र जनचेतना मूलक नाटकबाट धेरै कुरा सिक्यौं,उहाँले भन्नुभयो’, विपत ब्यवस्थापनका कुरा हाम्रो दैनिक जिवनमा अति आवश्यक र महत्वपूर्ण छ ।” मुख्य राजमार्गसंग जोडिएको इच्छाकामना गाँउपालिकामा धेरै दुर्घटना हुने भएकाले चेतनामूलक कार्यक्रम झन् आवश्यक रहेको उहाँले बताउनुभयो । गाँउपालिकामा रहेको विपत ब्यवस्थापन समिति मार्फत गाँउ–गाँउमा तालिम र जनचेतनामूलक सन्देशहरु प्रवाह गर्ने गुरुङले प्रतिबद्धता जनाउनुभयो । शशस्त्र प्रहरीले ज्यानको बाजी राखेर विपतमा परेकाहरुको उद्धारमा पु¥याएको योगदानको अध्यक्ष गुरुङले प्रशंसा गर्नुभयो । सो अवसरमा माछापुच्छ्रे्र बैंकको सहयोगमा तयार पारिएको सचेतना बोर्ड गाँउपालिकालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमा गाँउपालिकाका विभिन्न वडाका वडाध्यक्ष,स्थानिय,विद्यार्थी लगाएतको सहभागीता रहेको थियो । शशस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनले देशका विभिन्न स्थानमा विपतमा परेका नागरिकलाई उद्धार गर्दै आएको छ । (रासस)

ताजा अपडेट