शालिग्राम नेपाल,
१४ फागुन । चितवन नेपालकै तेस्रो पर्यठकीय गन्तव्यको रुपमा परिचत छ तर यहाँ आउने पर्यटकले प्रयाप्त सूचनाको अभावमा भौतारिनु परेको छ ।
सार्वजनिक बस तथा हावाईजहाजबाट चितवन आएका पर्यटकले जिल्लामा घुम्न लायक स्थानहरुको सूचना होडिङ वोर्ड वा सार्वजनिक स्थानमा टागिएका सूचनाबाट पाउन सक्दैनन् । उनीहरुले अरुले भनेको, आफैले गुगलमा खोजेर, वा कुनै व्यक्तिलाई सम्पर्क गरेर मात्र जान सक्छन् । भरतपुर विमान स्थलमा राखिएको सामान्य सूचना पार्टीले स्थानको मात्र जानकारी गराउदछ ।
पर्यटकीय स्थान, त्यहाँ जान लाग्ने समय, पाउने सेवा सुविधा, होटलको अवस्था, घुम्न लायक स्थानहरुको जानकारी पर्यटकले सहज पाउने अवस्था छैन । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष तथा पर्यटन व्यवसायी दिपक भट्टराइले भन्नु भयो ‘पर्यटन वर्ष मनाइ रहदा जिल्ला आउने पर्यटकले सहज रुपमा सूचना पाउनु पर्दछ ।’ सवारी साधनबाट आउने पर्यटकले वसपार्कमा उत्रेपछि जिल्लाको पर्यटकीय स्थानको सूचना पाउन सक्दैन उहाले भन्नु भयो ।
सडक मार्गबाट चितवन आउदा भरतपुर र नारायणगढमा दुइवटा बसपार्क छन् । हावाइ मार्गबाट आउँदा भरतपुर र मेघौलीमा विमान स्थल छ । स्थलमार्ग हुदै पूर्व पश्चिम र दक्षिण ठोरीबाट चितवन आउन सकिन्छ । ती स्थानका सडकमा चितवनको पर्यटकीय स्थलको जानकारी दिने होडिङ वोर्ड तथा सूचना पार्टी राखिएको छैन ।

आन्तरिक तथा वाह्य पर्यटकलाई यहाँको घुम्ने स्थानको जानकारी दिन सकेमा पर्यटक बृद्धि हुने पर्यटन व्यवसायीको भनाई छ । पर्यटन व्यवसायी माधव दवाडीले भन्नु भयो ‘जति धेरै हामीले प्रचार प्रसार गर्न सक्छौ त्यती पर्यटक आउँछन् । हामी आपसमा मात्र छलफल गरेर हुदैन चितवनको पर्यटकीय स्थानको जानकारी बाहिरकालाई दिनु पर्दछ ।’
क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भन्नु भयो ‘पर्यटकलाई भित्राउनको लागि प्रचारप्रसारको अभाव भयो । जिल्लामा प्रयाप्त मात्रामा सूचना पार्टी छैन । जिल्लाको बारेमा पहिलै नै जानकारी लिएर, कुनै सस्था, व्यक्ति मार्फत आयो भने उसको आधारमा जान सकिन्छ । ’
जिल्लामा नयाँ व्यक्ति आउदा सहजै सूचना लिने, पाउने, र आफ्नो इच्छा अनुसाको होटलमा वस्न पाउने सूचना छैन । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी भन्नु हुन्छ धेरै मेहनत पछि विमान स्थलमा सानो भएपछि सूचना पाटी राखेका छौ त्यो भन्दा अरु छैन । मेघौलीको होमस्टे र जिल्लाको पर्यटकीय क्षेत्र जाने दुरीको विषयमा जानकारी दिने प्रयास भएको छ उहाले भन्नु भयो ।
प्रयाप्त बजेटको अभावमा प्रसार प्रासारको काम गर्न नसकेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी बताउनु हुन्छ । थोरै बजेटमा धेरै काम गर्नु पर्ने हुन्छ उहाले भन्नु भयो ‘समन्वय समितिमा बजेट आउदैन कसरी प्रचारको काम गर्ने । स्थानीय तह र समन्वयको पहलमा केही प्रचारका कार्यक्रम गरिएको छ । ’


