लाेटस एकेडेमीले मनायाे ११ औँ बार्षिकाेत्सव

चितवन, २५ माघ :
लोटस एकेडेमी भरतपुरले आफ्नो ११ औँ बार्षिकोत्सव एवम् अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएकाेे छ ।
चितवन निर्वाचन क्षेत्र नं २ प्रदेससभा “ख” का सांसद विजय सुवेदीे प्रमुख अतिथि रहनुुुुभएको कार्यक्रममा लोटस एकेडेमीका प्रिन्सिपल ठाकुर प्रसाद रिजालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सांसद सुवेदीेले संघ र प्रदेशले शिक्षा ऐन छिटै ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अब स्थानिय तहले आफुले पाएको अधिकारलाई प्रयोग गरि शौक्षिक गुणस्तर सुधार्नु पर्छ ।”
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष बाबुराम अधिकारीले संस्थागत विद्यालय र सामुदायिक विद्यालयले मितेरी सम्वन्ध कायम गर्नुपर्ने बताउनुभयो ।
प्रिन्सिपल ठाकुर प्रसाद रिजालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
व्यबस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारिकाे अध्यक्षतामा भएको कार्यक्रममा बेस चितवनका अध्यक्ष लक्ष्मि कान्त चालिसे, जिल्ला प्रहरिका डिएसपि दिपेन्द शाह, समितिका सदस्य प्रकाश पाैडेल, नमराज फुयाल , शसिकुमार पाठक लगायत अतिथि रहनुभएकाे थियाे । लाेटस एकेडेमीले वार्षिकोत्सबकाे अवसरमा मास्टर किङ एण्ड मिस क्विन कार्यक्रम गरेकाे सञ्चालक समिति सदस्य नमराज फुयालले जानकारी दिनुभयाे ।

ताजा अपडेट