काठमाडौँ ८ फागुन । त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा पर्यटकलाई परि नाम गरेको रोवोटले स्वागत गर्ने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट जडान गरिएको हो ।
मन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच आज बिहान रोबोट सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री भट्टराईले पर्यटन वर्षलाई लक्षित गरेर यो सेवा सुरु गरिएको बताउनु भयो ।
पर्यटन परी नाम दिइएको उक्त रोबोटहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहनेछन् । उक्त रोबोटहरुले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतको बारेमा जानकारी गराउने छन् । यसको मूल्य २० देखि २२ लाख रुपैयाँ पर्ने बताइएको छ ।


