चितवन, ७ फागुन । चितवनको भरतपुरमा पत्रकारको लागि निःशुल्क स्वास्थ्य शिविर अयोजना गरिएको छ ।
राष्ट्रिय समाचार समितिको ५९ औं वार्षिकोत्सवका अवसरमा शिविरमा परीक्षण गरिएको हो । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधि सभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्नु भयो ।
कार्यक्रमा नेता पोखरेलले आफ्ना सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गर्ने पत्रकारको लागि शिविरले ठुलो सहयोग पुग्ने बताउनु भयो । पत्रकार स्वस्थ हुनु पर्छ, स्वस्थ पत्रकारबाट नै स्वस्थ र रचनात्मक समाचार सम्प्रेषण हुन सक्छ भन्ने उद्देश्यले गरिएको यो कार्यक्रम आँफैमा महत्वपूर्ण भएको उहाँले बताउनु भयो । सभपति पोखरलेलले सरकारले मिडिया विद्यकसंगै अन्य विद्यकका माध्यमबाट
जनताको अधिकारमा कुन्ठित गर्छकी भन्ने शंका छ भने त्यो हटाउन आग्रह गर्नु भयो । सबैको लडाी संघर्षबाट आएको यो व्यवस्थाका सरकारले जनताको चाहना अनुसार कानुन ल्याउने भएकाले बाहिर आएजस्तो कुनै असर नगर्ने बताउनु भयो ।
सभापति पोख्रेलले भन्नुभयो “संबिधान लेख्ने मान्छे मध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ । तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संबिधानमा सुनिश्चित गरिएको छ ।”
जरिवानाबाट होईन सचेतनाका माध्यमबाट र क्षमता अभिबृद्धिबाट सहि समाचार संम्प्रेषण हुने भन्दै उहाँले निर्धक्क भएर पत्रकारहरुले आँफुलाई लागेका कुरा जनताका सामु सम्प्रेषण गर्न थप उर्जा प्रदान होस भन्नुभयो । कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा एकसय दुइ जना पत्रकारको स्वास्थ्य परिक्षण गरिएको थियो । नारायणी सामुदायिक अस्पतालमा गरिएको परीक्षणमा करिब तीन लाख रुपियाँ बराबरको खर्च देखिएको अस्पतालले जनाएको छ ।


