काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको तथा यस लक्ष्य प्राप्तिका लागि सरकारले हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको बताए । यस यात्राबाटै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गरिने दृढता उनले व्यक्त गरे ।


