प्रजतन्त्र दिवसमा प्रभातफेरी

 

चितवन, ७ फागुन । प्रजातन्त्र दिवसको अबसरमा भरतपुरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

दिवसकै अवसरमा आज भरतपुरको चौबिसकोठिबाट प्रभातफेरी निकालिएको थियो। राष्ट्रिय प्रजातन्त्र दिवस, जिल्ला समारोह समितिको आयोजनामा विहान भरतपुरमा प्रभातफेरी निकालिएको हो ।

प्रभातफेरीमा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, सेनालगायतको सहभागिता रहेको थियो ।

 

जिल्ला समन्वय समितिको कार्यालयमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटी, उपाध्यक्ष मुना श्रेष्ठ, नेकपाका नेता बद्री तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुले शहिदहरुलाई माल्यापर्ण गरेका थिए ।

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

शेयर गरौ

ताजा अपडेट