रौतहट ६ फागुन । राष्ट्रपती बिधादेवी भण्डारीले बिभिन्न जातजाती भाषभाषीको एकताले सास्कृतीक गौरवलाइ माथी उठाएको बताएकी छिन ।
मंगलवार रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको एतिहासिक कर्नाटककालिन महादेवको मन्दिरमा बिशेष पुजा तथा मधानी महायज्ञको उद्घाटन राष्ट्रपती भण्डारीले गरेकी छिन ।
यस्ता कार्यक्रमले मौलीक परम्परालाइ उत्सवले थप उर्जा थप्ने उनको धारणा रहेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री मोहमद लालबाबु राउतले बिभिन्न जाती र धर्मको बिचमा यस्ता कार्यक्रमले साम्प्रदायिक सहिष्णुता लाइ मजवुद बनाउने बताए । रौतहट र बारामा फागुन र चैत्रमा बिशेष रुपमा मनाइने मधानी महायज्ञले सास्कृतीको जर्गेना गर्ने बिश्वास राखेका छन ।
साहित्यकार तथा शिक्षक संजय साह मित्रले कर्नाटक कालिन मन्दिर भन्न सकिने आधार रहेको बताउनु हुदै मधानी पर्वको बिषयमा प्रष्ट पारेका छन ।

मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहले पतौरामा रहेको कर्नाटक कालिन महादेव मन्दीर अनुशन्धानको क्रममा रहेको र पर्यटन बर्ष लाइ सफल बनाउन सहयोग गर्ने र मन्दिरको सरक्षणका साथै प्रचार गर्ने उदेश्यले महायज्ञ तथा महोत्सवको आयोजना गरीएको बताए ।
आन्तरीक तथा वाह्य पर्यटक भित्राउन , सास्कृतिको जर्गेना गर्दै हराउदै गएका चाडपर्वहरुलाइ प्रचार गर्ने उदेश्यले महायत्र तथा महोत्सवको आयोजना गरीएको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले बताएकी छिन ।

महोत्सवमा नेपाल तथा भारतका चर्चित कालाकारहरुले आफ्ना प्रस्तुति राखेका छन । महायज्ञमा रौतहटको बिभिन्न स्थानहरु बाट स्थानियले बिभिन्न धार्मिक झांकीहरु समेत प्रर्दशन गरेका छन । महायज्ञ तथा महोत्सव १२ गते सम्म चल्ने छ । उद्घाटन कार्यक्रममा दश हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो ।


