दमौली, २५ माघ :
तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित तीन क्रसर उद्योगलाई जरिवाना गरेको छ । नगरपालिकाको अनुमतिबिना सञ्चालन र उत्खनन गर्ने शुक्लागण्डकी नगरपालिका–५ स्थित प्रोफर क्रसर उद्योग, वडा नं ७ स्थित शिवशक्ति क्रसर उद्योग र मिलीजुली क्रसर उद्योगलाई जरिवाना गरिएको नगरपालिकाले जनाएको छ ।
ती उद्योगले उत्खनन गरेको मालको मूल्याङ्कन गरी प्रदेश सरकारले निर्धारण गरेको प्रति घनमिटर रु १४१ को दरले जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । (रासस)