हेल्थ साइन्सको खेलकुद प्रतियोगिता : फुटवलमा अप्थाल्मिक साइन्स प्रथम

चितवन ३ फागुन । स्कूल अफ हेल्थ साइन्स भरतपुरमा भएकोे सप्ताहव्यापी खेलकुद प्रतियोगितामा एक दर्जन भन्दा धेरै खेलहरु सम्पन्न भएको छ ।
खेलकुद प्रतियोगिता अन्र्तगत फुटबल खेलमा पुरुष तर्फ अप्थाल्मिक साइन्स समुह प्रथम भएको छ । डेन्टल अध्ययन गर्ने विद्यार्थीको समुह दोस्रो भएका छन् । त्यस्तै गरी फुटबल तर्फ महिला तर्फ फिजियोथेरापी प्रथम भएका छन् । दोस्रो हुनेमा डेन्टल समुहकै छन् ।
त्यस्तै गरी क्रिकेट तर्फ फार्मेसी प्रथम र डेन्टल दोस्रो भएका छन् । भलिवल खेलमा सामान्य चिकित्सा शास्त्रका विद्यार्थी प्रथम भएका छन् । दोस्रोमा फार्मेसी अध्ययन गर्ने विदार्थी भएका छन् । उत्कृष्ट खेलामीहरुमा दिपा महतो, सुवि विश्वकर्मा भएका छन् ।
स्कुल अफ हेल्थ साइन्समा हरेक वर्ष विद्यार्थी माझ हुने खेलकुद प्रतियोगतामा उत्कृष्ट हुनेहरुलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिदै आएको छ । यस वर्ष आयोजना भएको खेलमा उत्कृष्ट हुने टिम र खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो । बास्केटवल, टेवलटेनिस, कबड्र्डीलगायतका दर्जन भन्दा धेरै खेलहरु भएका थिए ।
कार्यक्रममा स्कुल अफ हेल्थ साइन्सका प्रमुख रमनकुमार मेहता, रविन्द्र अचार्यले विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा सयौ विद्यार्थी सहभागी भएका थिए ।

शेयर गरौ

ताजा अपडेट