प्रेमपत्र लेखन प्रतियोगितामा सुर्य घिमिरे प्रथम

चितवन २ फागुन । चितवनको सौराहामा जारी फुड फेष्टिवल अन्तर्गत प्रेमपत्र लेखन प्रतियोगितामा सुर्य घिमिरेले लेखेको प्रेमपत्र उत्कृष्ट भएको छ ।

प्रतिस्पर्धामा सहभागी १० जनालाई पछि पार्दै सुर्य घिमिरेको प्रेमपत्र उत्कृष्ट भएको हो । प्रेम पत्रमा सुर्यले आफुले मनमा सजाएकी प्रिय सानुलाई प्रेम प्रस्ताव राखेका थिए । उत्कृष्ट प्रेमपत्र लेख्ने सुर्यलाई फेष्टिवलको आयोजक संस्था रेवान सौराहाले नगद रु ५ हजार रुपैया प्रदान गरेको छ ।

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा,फेष्टिवलका संयोजक धु्रव गिरी र रेवान महिला समुहकी अध्यक्ष माला दाहालले नगद पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगिताको निर्णायकमा एन्जिला चापागाई रहेकी थिइन । मरदनेचरका विकल दाहालले पुरस्कार सौजन्य गरेका थिए ।

फेष्टिललका अबसरमा रेवान सौराहाले झुवानी माविमा आश्रित दृष्टिविहीनलाई खाना र अक्षयकोषमा ११ हजार १ सय ११ प्रदान गरेको थियो । फेष्टिवलको अबसरमा रत्ननगर नगरपालिकाले आयोजना गरेको दोश्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधि रत्ननगर १० ले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा बलेसी रेष्टुरेष्टलाई पछि पार्दै रत्ननगर १० ले उपाधि जितेको हो ।

प्रतियोगिताका पहिलो हुने टिमलाई १ लाख ११ हजार १११ र दोश्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैया पुरस्कार प्रदान गरिएको छ । मेयर नारायण वन,खेलकुद विकास समितिका संयोजक केशव आचार्य रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा,फेष्टिवलका संयोजक धु्रव गिरीरेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा,फेष्टिवलका संयोजक धु्रव गिरीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने किरण गुरुङलाई ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको छ । १४ औं फुड फेष्टिवलको आज विशेष दिन युवामाझ लोकप्रिय बनेका गायक दुर्गेस थापा पशुपति शर्मा,सम्झना भण्डारी,शीतल शर्मा,अपेक्षा गिरी,अर्जुन सापकोटा,बलराम सरकारको जादु प्रस्तुती दिएका छन । रेवान सौराहाले आयोजना गरेको सो फुड फेष्टिवल फागुन ३ गते सम्म चल्ने छ ।

भ्रमण बर्ष चालिरहेका कारण फेष्टिवल भ्रमण बर्षलाई सफल बनाउन कोसेढुंगा सावित हुने संयोजक ध्रुव गिरीले बताए । फेष्टिवल सुरु भएसंगै सौराहा आन्तरिक पर्यटककको संख्या बढेको छ । फेष्टिवलको कारणले सौराहामा चहलपहल बढेको व्यवसायीहरुले बताएका छन । कोरोना भाइरसका कारण केही दिन देखि सुस्ताएको सौराहाको पर्यटनमा फेष्टिवलले केही उर्जा प्रदान गरेको छ । सौराहा अहिले खाना,प्रेम र संगितमय बनेको रेवान सौराहाका रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

शेयर गरौ

ताजा अपडेट