पार्टी भित्रको गुठबन्दी क्यान्सर रोग जस्तै हो : नेता पाण्डे

चितवन २ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी भित्रको गुठबन्दी क्यान्सर रोग भन्दा बढी घातक हुने बताउनु भएको छ ।

रत्ननगर नगर कमिटीले शुक्रवार आयोजना गरेको जनप्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा उहाले  पार्टी भित्र मौलाउदै गएको गुठबन्दीले कसैको हित नगर्ने दावी गर्नु भयो । पार्टी भित्र नेतृत्व चयनका लागि हुने चुनावका कारण गुठबन्धी सृजना हुने गरेको भन्दै त्यसको व्यवस्थापनको लागि तेश्रो बाटो अबलम्बन गर्नुपर्ने बताउनु भयो ।

उहाले  समाजबादी कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । वालकलाई शिक्षा,विरामीलाई उपचार,घर नहुनेलाई घर र बृद्धबृद्धालाई भत्ता दिने पार्टीले गरेको घोषणा अनुसार काम गर्न नेता पाण्डेले जनप्रतिनिधिहरुलाई सुझाव दिनु भयो ।

कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कृष्ण खनालले जनप्रतिनिधि र पार्टी एक सिकाका दुई पाटा जस्तै भएकाले सहकार्य गरेर काम गर्नुपर्ने बताउनु भयो । उहाले  अहमलाई एकतिर राखेर जनचाहना अनुसार काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा मेयर नारायण वनले नगरवासीको अपेक्षा अनुुसारको काम आफुले अगाडि सारेको भएपनि पार्टी भित्रबाट आफुले अपेक्षाकृत सहयोन नपाएको बताउनु भयो । उपमेयर विमला दुवाडीले नगरपालिकाले गरेको राम्रो कामलाई राम्रो भन्न र गलत भए सजग गराउन आग्रह गरिन । कार्यक्रम नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर इन्चार्ज राजु अम्गाई,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट