भरतपुर, २५ माघ :
नेपाल चश्मा ब्यबसायी संघ चितवनको अध्यक्षमा पुनः प्रकाश पौडेल चयन हुनुभएको छ ।
संघको भरतपुरमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि संस्थापक अध्यक्ष पौडेलको अध्यक्षतामा ९ सदस्सिय नयाँ कार्यसमिती गठन गरेको हो ।
नव गठित समितीको उपाध्यक्षमा सरस्वती अर्याल, सचिवमा जितेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुबोध पौडेल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भाष्कर चन्द्र न्यौपाने, शान्ता पाण्डे, सरोज पौडेल, राम शरण अर्याल र ईन्दिरा चापागाई चयन हुनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै श्रेष्ठले चश्मा ब्यवसायी हरुलाई बस्तुगत तर्फबाट उद्योग वाणिज्य संघमा आवद्ध हुन आग्रह गर्नुभयो ।
साथै उहाँले महानगर संगको समन्वयमा बजार क्षेत्रको ट्राफ्रिक समस्या समाधान गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो । यस्तै रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले मिडियाका तर्फबाट आवश्यक सहयोग गर्न सधैं तत्पर रहेको बताउँनुभयो ।
ब्यवसायीहरुले समस्या परेपछि मात्र नभई अप्ठेरो पर्नु अघि नै उद्योग वाणिज्य संघलाई सम्झनुपर्ने अधिकारीको भनाई थियो ।
सुबोध पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सरस्वती अर्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने रेडियो त्रिवेणीका स्टेशन म्यानेजर मुकुन्द भुसाल, संस्थाका कानुनी सल्लाहकार महेश चन्द्र न्यौपाने लयागतले बोल्नुभएको थियो ।


